प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०७९
अपराध अनुसन्धान,अभियोजन र न्याय निरुपण गर्ने निकाय बिच समन्वय आवाश्यक : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ।
२०७९-०४-२२

साउन-२२, पोखरा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनु भएको छ । कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उहाँले बताउनुभयो । ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास आवश्यक छ,’ गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आइतबार पोखरामा उहाँले भन्नुभयो । ‘यस्तो अवस्थामा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’ एकले अर्कोलाई आरोप लगाउने, अपराध अनुसन्धान राम्रो नभएको, सही अभियोजन नभएको र कहिलेकाहीँ न्यायालयबारे विभिन्न टिप्पणी हुने गरेको भन्दै उनले यो तीनवटै निकायका लागि राम्रो नभएकाले यसको निराकरणका लागि विश्वास, समन्वय र सहयोग आवश्यक रहेकोमा जोडदिनुभयो । नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने भन्नेमा विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन सके उच्च मनोबलका साथ अघि बढ्ने उहाँको भनाई थियो । सिंहले मंसिरमा हुन लागेको संघीय सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको अपराध अनुसन्धान गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण मुद्दा चल्ने प्रहरी कार्यालय बीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले पछिल्लो समय अपराधका स्वरुप फरकफरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजनीति र भनसुनको प्रभावलाई कम गर्नसके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । अपराधका प्रकृति र प्रवृत्ति फरकफरक हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । साइबर क्राइम पनि बढ्दो भएकाले अब प्रहरीलाई प्रविधियुक्त हिसाबले अपराधको अनुसन्धान गर्न सक्षम बनाउन आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले अपराध अनुसन्धान जटिल हुँदै गएको अवस्थामा यसको समीक्षा र अनुसन्धानलाई कसरी सशक्त बनाउने विषयमा गोष्ठीमा छलफल हुनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशीले फौजदारी न्याय प्रणालीका तीन खम्बा सुदृढ भएमात्रै अपराध अनुसन्धानको सार्थकता हुने भन्दै प्रहरीलाई दबाव, प्रभाव र अभावमुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अध्यारोमा बत्तीको महत्त्व भएजस्तै नेपाल प्रहरी पनि जनताका लागि बत्ती भएकाले सोही अनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यलयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरीएका नविन प्रयोगहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

स्वास्थ्य शिविर उद्‍घाटन
२०७९-०४-२१

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी पोखराले बिभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा-१३ स्थित तारापुञ्ज आवासिय विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।अस्पताल तथा औषधीको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले कास्की मोडेल हस्पिटल, गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती महाशाखा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा उक्त नि-शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरी नागरिक संगको सहकार्यका  सधै तयार रहेको बताउदै गण्डकी प्रदेशलाई लागुऔषध तथा अन्य विकृति मुक्त प्रदेश बनाउन सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रहरुले  प्रहरीलाई सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अजय के.सी, पोखरा महानगरपालिका-१३ का वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

नवलपरासी (पूर्व): सवारी दुर्घटना
२०७९-०४-१०

नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ बेलहानी स्थित भित्री सडक खण्डमा हुप्सेकोटबाट कावासोती तर्फ आँउदै गरेको ग.प्र.-०४-००१ ह ०१५४ नं. को अटो आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा अटोमा सवार चालक सहित ३ जना मानिसहरु घाईते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याएको, अटो प्रहरीको नियन्त्रणमा रहेको ।निम्न:-१.जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ गिरुबारी बस्ने वर्ष अन्दाजी ३३ को ओम बहादुर वि.क. अवस्था मध्यम । (अटो चालक)२.ऐ.बस्ने वर्ष अन्दाजी ६२ की दिलमायाँ तिमल्सेना, अवस्था मध्यम । ३. ऐ.बस्ने वर्ष अन्दाजी ६१ की सनमती कुमा, अवस्था मध्यम ।

गण्डकी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण
२०७९-०४-०९

साउन-०९, पोखरा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिमैत्री र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।

नवलपरासी (पूर्व): सवारी दुर्घटना
२०७९-०४-०६

नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-१ होङ्सी गेट नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम(काठमाण्डौबाट सुर्खेत) तर्फ आउदैँ गरेको कर्णाली प्रदेश-०२-००१ ख ०५०० नं.को यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टन गई दुर्घटना हुँदा मानविय क्षति नभएको, राजमार्ग अवरोध नभएको, बस चालक फरार रहेको, बसमा सवार अन्दाजी ४०/४२ जना यात्रु सवार रहेको, सबै सकुसल, यात्रुहरुलाई आ-आफ्नो गन्तव्य तर्फ पठाउन आवश्यक पहल भई रहेको, घटनास्थलमा प्रहरी टोली खटी गएको । थप प्रहरी टोली खटी गई बस समितिसँग समन्वय गरि यात्रुहरुलाई सम्बन्धित गन्तव्य तर्फ पठाईएको, बस घटनास्थलबाट निकाल्न आवश्यक पहल भईरहेको, बस चालकको खोज तलास कार्य भईरहेको ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण सम्पन्न
२०७९-०४-०५

पोखरा, साउन ०५गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।

नवलपरासी पूर्व: सवारी दुर्घट्ना
२०७९-०४-०५

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका २ खरकट्टा जङ्गल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व (डण्डाबाट नारायणगढ ) जाँदै गरेको ना ७ ख५५६३ नं.को बस आँफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिन गई दुर्घट्ना हुँदा उक्त बसमा सवार अन्दाजी ४० जना रहेकोमा निम्न मानिसहरु घाईते भई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको, चालक फरार, सह-चालक प्रहरीको नियन्त्रणमा रहेको, बाटो अबरोध नभएको, घटनास्थलमा प्रहरी टोली खटि गएको ।निम्न घाईतेहरु१. जिल्ला चितवन बस्ने वर्ष ४१ की मन्दरा ढुङगाना, अवस्था मध्यम ।२. ऐ.बस्ने वर्ष २२ ज्योति ढुङगाना, अवस्था सामान्य ।३. ऐ.भरतपुर म.न.पा.२० बस्नेवबर्ष २० की सबिता कुमाल, अवस्था मध्यम ।४. जि.न.प.(पूर्व) देवचुलि न.पा. ५ बस्ने वर्ष अं ३१ की झरना पराजुली, अवस्था मध्यम ।५. ऐ.१७ बस्ने वर्ष ८० की प्रेम कुमारी पाण्डे, अवस्था मध्यम(दुम्कौली अस्पताल रजहरमा)उपचार भईरहेको ।६. ऐ.बस्ने वर्ष ४ को सोयोग भट्टराई, अवस्था सामान्य ।७. ऐ.गैडाकोट न.पा.१ बस्ने वर्ष २२ की अस्मिता रानाभाट, अवस्था मध्यम ।८. ऐ.बस्ने वर्ष ३ की कभ्या भण्डारी (अस्मिता रानाभाटको छोरी), अवस्था मध्यम ।९. ऐ.कावासोती १६ बस्ने वर्ष ४० की मिरा के.सी छात्तीमा चोट अवस्था मध्यम ।१०.ऐ.८ बस्ने वर्ष ८२ को नारायणदत्त पौडेल, अवस्था मध्यम ।

अधिक लोड >>
कम देखाउनुहोस् <<